ढाका । वेस्ट इन्डिजले बंगलादेशविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा ५० ओभर नै स्पिन बलिङ गरेको छ। जुन वेस्ट इन्डिजको कीर्तिमानी इतिहास बनेको छ।
स्पिनरहरूको यो अभूतपूर्व प्रयोगसँगै टोलीले सुपर ओभरमा रोमाञ्चक जित हासिल गर्यो । सधैँ तीव्र गतिका बलरहरूका लागि प्रख्यात रहेको वेस्ट इन्डिजले यो खेलमा तीव्र गतिका बलर जेडन सिल्सलाई बाहिर राखेर बायाँहाते स्पिनर अकिल होसेन र पार्ट-टाइम अफ-स्पिनर रोस्टन चेसबाट बलिङको सुरुवात गरेको थियो।
वेस्ट इन्डिजका लागि पहिलो परिवर्तनका रूपमा बायाँहाते स्पिनर खारी पिएर र त्यसपछि अर्का बायाँहाते स्पिनर गुडाकेश मोटी आए। मोटीले ६५ रन खर्चेर ३ विकेट लिए।
बलिङ प्रयोग गरिएका अन्य बलरमा अलिक अथनाजेले १० ओभरमा १४ रन खर्चेर २ विकेट लिए। यसैगरी अकिल होसेनले पनि २ विकेट लिए।