काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

६ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। सर्वाधिक आम्दानी गर्ने क्रिस्टियानो रोनाल्डो बजारयोग्य खेलाडीको सूचीमा पनि फुटबलरतर्फ पहिलो स्थान हासिल गरेका छन्।

केही दिनअघि फोर्ब्सले सार्वजनिक गरेको सर्वाधिक आम्दानी गर्ने फुटबलरको सूचीमा उनी शीर्ष स्थानमा थिए। उनले स्पोर्ट्स प्रोले प्रकाशन गरेको विश्वका ५० जना सबैभन्दा बजारयोग्य खेलाडीको सूचीमा पनि शीर्ष स्थान हासिल गरेका हुन्।

युनाइटेड किङ्डममा आधारित खेल व्यवसायसम्बन्धी मिडिया स्पोर्ट्स प्रोले सूची तयार गर्न तीनवटा मापदण्ड बनाएको थियो। जसमा ब्रान्ड शक्ति, बजार प्रभाव र आर्थिक मूल्यांकनलाई आधार बनाएको थियो। यसमा खेलाडीलाई १०० अंकमा मूल्यांकन गरिएको थियो।

यस वर्षको सूचीमा शीर्ष चार स्थानमा कुनै पनि फुटबलर छैनन्। तर, शीर्ष १० मा दुई फुटबलर परेका छन्। सूचीको पाँचौं स्थानमा र फुटबलरमध्ये शीर्षमा छन् ४० वर्षीय क्रिस्टियानो रोनाल्डो। उनी गत वर्षको तुलनामा चार स्थान माथि उक्लिएका हुन्।