काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

६ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। कुमार कान्छा र आशा भोस्लेको लोकप्रिय गीत ‘बतासले उडाइ लाग्यो’लाई फिल्म ‘भाइरल गोर्खे’का लागि रिमेक गरिएको छ।

फिल्म ‘चिनो’मा समावेश यो गीतको नयाँ भर्सन बुधबार सार्वजनिक गरिएको हो। गीतमा त्रिशला गुरुङ र दीपक लिम्बूले स्वर दिएका छन् भने संगीत रोहित शाक्यको छ। गीतका शब्द कुशुम गजमेरले लेखेका हुन्।

श्याम पटेलको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठलाई प्रस्तुत गरिएको छ। ‘चिनो’मा शिव श्रेष्ठ र कृष्टि मैनालीले देखाएको शैलीलाई सौगात र सृष्टिले दुरुस्तै प्रस्तुत गरेका छन्। जसले ९० को दशकमा हुर्किएका पुस्तालाई नोस्टाल्जिक बनाउँछ। भिडियोमा सौगातले सृष्टिलाई चुम्बन गरेको दृश्य पनि समावेश छ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको ‘भाइरल गोर्खे’मा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलालगायतको अभिनय छ। एके ब्रदर कम्पनी, द जीएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माताहरू अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवलजंग कुँवर हुन्। फिल्ममा शुभेक्षा पौडेल, भुवन अधिकारी र निखिल पौडेल सह-निर्मातामा छन्।