काठमाडौँ
००:००:००
६ माघ २०८२, मंगलवार

१९ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृंखलामा नेपालले आज यूएईसँग खेल्दैछ।

नेपाली समयअनुसार युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा बिहान सवा ११ बजे सुरु हुने खेल दुवै टोलीका लागि जित्नैपर्ने दबाब छ।

नेपाल यसअघि पहिलो खेलमा अमेरिकासँग एक सय ६ रनले र अमेरिकासँगकै अर्को खेलमा चार विकेटले पराजित भएको थियो भने यूएईसँगको खेलमा यसअघि पाँच विकेटले पराजित भएको थियो ।

अंक तालिकामा अमेरिका शीर्ष स्थानमा छ भने यूएई पुछारमा छ। अमेरिकाले २४ खेल खेल्दा ३६ अंक जोडेको छ भने १९ खेल खेलेको युएईले ८ अंक मात्र बनाएको छ। समान १९ खेल खेलेको नेपालको १२ अंक छ।