काठमाडौँ। नेकपा एमालेले ११औँ महाधिवेशनका लागि विभिन्न समिति गठन गरेको छ। पार्टीको सचिवालय बैठकले बिहीबार समितिहरू गठन गरेको हो।
प्रतिनिधि व्यवस्थापनका लागि काशीनाथ अधिकारी संयोजक र माधव ढुंगेल सचिव रहेको समिति बनेको छ। जनपरिचालन समितिमा प्रदीप ज्ञवाली संयोजक र राजन भट्टराई सचिव, आवास व्यवस्थापन समितिको संयोजकमा छविलाल विश्वकर्मा संयोजक र लालबाबु पण्डित सचिव, खाद्य व्यवस्थापन समितिमा लेखराज भट्ट संयोजक र भीष्म अधिकारी सचिवको जिम्मेवारीमा छन्।
गोकर्ण विष्ट संयोजक र रचना खड्का सचिव रहेको यातायात व्यवस्थापन समिति, रघुवीर महासेठ संयोजक र महेश बर्तौला सचिव रहेको अतिथि सत्कार समिति, पद्मा अर्याल संयोजक र राजेन्द्र गौतम सचिव रहेको प्रचारप्रसार समिति‚ कृष्णगोपाल श्रेष्ठ संयोजकत्वमा स्वास्थ्य समिति, विष्णु रिमाल संयोजक र विना श्रेष्ठ सचिव रहेको आर्थिक समिति, शंकर पोखरेल संयोजक र पृथ्वीसुब्बा गुरुङ सचिव र योगेश भट्टराई सदस्य रहेको सचिवालय र विजय सुब्बा संयोजकमा निर्वाचन संयोजन समिति गठन गरेको छ।

भानुभक्त ढकाल संयोजक र विनोद पाण्डे सचिव रहेको स्वयंसेवक समिति‚ विनोद श्रेष्ठ संयोजक र लोकबहादुर भण्डारी सचिव रहेको मञ्च व्यवस्थापन समिति पनि बनाइएको छ।
नेता प्रदीप ज्ञवालीका अनुसार बैठकले ‘घर फर्क अभियान’अर्न्तगत एमालेमा भित्रिएका नेताहरुलाई महाधिवेशन प्रतिनिधि बनाउने विशेष निर्णय भएको छ।