काठमाडौँ
००:००:००
६ माघ २०८२, मंगलवार

१८ पुष २०८२
अ+
अ-

पर्वत। भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ।

मोदी गाउँपालिका– १ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ रामदुवाली जोड्ने यो पुलको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ।

पुलको दुवैतर्फको पिल्लर, स्लाब ढलानलगायत सबै काम पूरा भएको छ। आगमी एक महिनामा सम्पूर्ण काम पूरा हुने पोखरास्थित सडक डिभिजन कार्यालयका इन्जिनियर धु्रव पोखरेलले बताए।

पुल निर्माणका लागि रु छ करोड १३ लाखमा ठेक्का सम्झौता भएको थियो।