चक्रपथको ललितपुर महानगरपालिका-१४ को चापागाउँ दोबाटो-महालक्ष्मीस्थान खण्ड सवारी दुर्घटना बढी हुने क्षेत्र मानिन्छ। यहाँ सवारी दुर्घटनामा परेर दर्जनभन्दा बढीले ज्यान गुमाइसकेको स्थानीय माधव दवाडी बताउँछन्। ९ वैशाखमा दुर्घटना न्यूनीकरण गर्दै सडक सुरक्षा बढाउन ताल्छीखेलका स्थानीयले ललितपुर महानगरपालिकासँग सहकार्य गरी आधुनिक प्रविधियुक्त ट्राफिक लाइट जडान गरेका छन्।





