काठमाडौँ
००:००:००
११ असार २०८३, बिहीबार

३० बैशाख २०८३
अ+
अ-

काठमाडौँ। नेपाली सांगीतिक क्षेत्रमा अर्को नयाँ सिर्जना सार्वजनिक भएको छ। पछिल्लो समयका प्रतिभाशाली गायक तथा संगीतकार एड्डी र गायिका आरतीको स्वरमा रहेको नयाँ गीत ‘सँगसँगै’ सार्वजनिक भएको हो।

गीतको लेखन र संगीत संयोजन एड्डी स्वयंले गरेका हुन्। उनले नै गीतको मिक्सिङ र मास्टरिङको जिम्मेवारीसमेत सम्हालेका छन्। जसले गीतलाई प्राविधिक रूपमा पनि अब्बल बनाएको छ।

गीतमा विकेश लामाको बाँसुरीको धुनले नेपालीपनको सुमधुर सुगन्ध भरेको छ। गीतलाई कलाज्ञ रेकर्ड्समा रेकर्ड गरिएको हो।

गीतसँगै यसको भिडियो पनि आकर्षक बनेको छ। भिडियोमा गायक एड्डी र अनुष्का यादवको अभिनय देख्न सकिन्छ। उनीहरूको केमेस्ट्रीले गीतको भावलाई अझ जीवन्त बनाएको छ।