काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

१० जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। १०औँ एड्सन च्यारिटी गल्फ प्रतियोगिताको उपाधि गोविन्द बोहराले जितेका छन्।

एबिलिटी डेभलपमेन्ट सोसाइटी अफ नेपाल (एड्सन)ले आयोजना गरेको प्रतियोगिताका विजेता बोहोराले पुरस्कार स्वरूप सिंगापुर एयरलाइन्सका तर्फबाट काठमाडौँ-सिंगापुर-काठमाडौँको हवाई टिकट प्राप्त गरे।

प्रतियोगितामा इन्द्रधारा विष्ट उपविजेता घोषित भए। प्रतियोगितामा तेन्जिङ छिरिङले ‘बेस्ट ग्रस’ र ‘लंगेस्ट ड्राइभ’ अवार्ड जिते। त्यस्तै महिलातर्फ विपना श्रेष्ठ विजेता र आस्था दुलाल उपविजेता बने। लक्की ड्रमार्फत आस्थाले सिंगापुरको हवाई टिकट प्राप्त गरिन्।

प्रतियोगितामा ६० वर्षमाथिको सिनियर विधामा सन्जीव क्षेत्री र ७० वर्षमाथिको सुपर सिनियर विधामा फौदाराज थेबे विजयी भए। अन्य विधामा प्रदीप केसीले ‘क्लोजेस्ट टु द पिन’, अन्जिला योन्जनले ‘स्ट्रेटेस्ट ड्राइभ’ र रवीन्द्र तिवारीले सर्वाधिक चारवटा ‘बर्डिज’ को अवार्ड जिते।

गोकर्ण रिसोर्टस्थित गल्फ क्लबमा शनिबार सम्पन्न प्रतियोगितामा ७१ गल्फर सहभागी थिए। विजेताहरूलाई एड्सनका अध्यक्ष रबेन्द्रराज पाण्डे, जनसम्पर्क व्यवस्थापक निर्मला ज्ञवाली, सचिव ज्ञानप्रसाद खनाल, नेपाल गल्फ संघका वरिष्ठ उपाध्यक्ष पवित्रकुमार कार्कीलगायतले पुरस्कार वितरण गरे।