काठमाडौँ। काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमै नेपाल रोकिएको छ।
त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा नेपाल साबिक विजेता इरानसँग ३-० को सोझो सेटमा पराजित भएको हो।
अब नेपालले तेस्रो स्थानका लागि भारतसँग खेल्नेछ। भारत पहिलो सेमिफाइनलमा काजाकिस्तानसँग ३-० को सोझो सेटमै पराजित भएको थियो।
नेपालले पहिलो सेटमा बाहेक अन्यमा चुनौती दिन सकेन। पहिलो सेट नेपालले २०-२५ ले गुमाएको थियो। त्यसपछिका दुई सेटमा १५-२५ र ११-२५ को हार बेहोर्यो।