काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

१५ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। सरकारले खेलकुद क्षेत्रका लागि चार अर्ब तीन करोड रुपैयाा बजेट विनियोजन गरेको छ।

संघीय संसद्‌मा शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले खेल पूर्वाधारलाई प्राथमिकतामा राख्दै चार अर्ब बढिको बजेट बिनियोजन गरेको जानकारी दिए। खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी तीन वर्षभित्र कम्तीमा आठ हजार दर्शक क्षमताका दशवटा फुटबल रंगशालालाई फ्लड लाइटसहितको स्तरोन्नति गर्ने मन्त्री वाग्लेले घोषणा गरे।

त्यस्तै उनले प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने र विराटनगर, लहान, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा दुई हजार क्षमताका मल्टिप्रपोज रंगशाला आगामी तीन वर्षभित्र निर्माण गर्ने जानकारी दिए।

मूलपानी क्रिकेट रंगशाला तथा एकडेमी, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गर्ने उनले बताए।

त्यस्तै सरकारले अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्नेगरी आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणा गरेको छ। सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेस प्रदेशमा प्रस्तावित एघारौँ राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याएको अर्थमन्त्री वाग्लेले जानकारी दिए।
हेर्नुहोस् लाइभ :