अर्थ
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्व ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
संघीय संसद्मा शुक्रबार आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले २१ खर्बभन्दा बढीको बजेट सार्वजनिक गरे। कुल विनियोजनमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ अर्थात् कुल विनियोजनको ५९.८ प्रतिशत, पुँजीगततर्फ तीन खर्ब ३१ अर्ब १० करोड रुपैयाँ अर्थात् २०.३ प्रतिशत, वित्तीय व्यवस्थातर्फ चार खर्ब २२ खर्ब अर्ब ६४ करोड रुपैयाँ अर्थात् १९.९ प्रतिशत रहेको वाग्लेले बताए।
उनले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १४ खर्ब पाँच अर्ब ३१ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड व्यहोर्दा ६ खर्ब ५७ अर्ब २९ करोड रुपैयाँ न्यून हुन जाने बताए। यो न्यूनपूर्ति गर्न वैदेशिक ऋणबाट दुई खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ परिचालन गर्ने र राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने चार खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋणबाट परिचालन गर्ने उनको भनाइ छ ।
उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसअनुसार आगामी आर्थिक वर्षमा प्रदेशका लागि ६१ अर्ब ५० करोड रुपैयाँ र स्थानीय तहका लागि ९० अर्ब २० करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने व्यवस्था गरेको पनि जानकारी दिए।
हेर्नुहोस् बजेटको पूर्ण पाठ :