काठमाडौँ
००:००:००
६ श्रावण २०८३, बुधबार

फोटो फिचर

६ श्रावण २०८३
तस्बिर : सहनाज अहमद/बीबीसी हिन्दी
अ+
अ-

नयाँदिल्ली। दिल्लीमा भइरहेको विद्यार्थी विरोध प्रदर्शनको समर्थनमा अखिल भारतीय विद्यार्थी संघ (एआईएसए) को आह्वानमा बुधबार बिहारको राजधानी पटनामा पनि प्रदर्शन गरिएको छ।

प्रदर्शनमा एआईएसएलगायत अन्य विद्यार्थी संगठनका विद्यार्थीहरू सहभागी बने। प्रदर्शनकारीहरूको र्‍याली पटनाको गान्धी मैदानको गेट नम्बर १० बाट सुरु भएर राजभवनतर्फ अगाडि बढ्ने तालिका थियो। तर, प्रहरीले उनीहरूलाई गान्धी मैदानको जेपी गोलम्बरनजिकै रोक्यो।

प्रहरीले प्रदर्शनकारीहरूविरुद्ध पानीको फोहोरा र अश्रुग्यास प्रहार गर्‍यो।

बीबीसी भिडियो पत्रकार शाहनवाज अहमदका अनुसार प्रहरीले दुईथान अश्रुग्यास प्रहार गरेको थियो। प्रदर्शनकारीहरूले प्रहरीमाथि पनि ढुंगा प्रहार गरेका छन्।

प्रहरी कारबाहीको बाबजुद पनि प्रदर्शनकारी विद्यार्थीहरू जेपी गोलम्बरमा रोकिएनन्। उनीहरू अगाडि बढ्दै गए। डाक बंगला स्क्वायरसम्मै पुगे।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘गोदी मिडिया गो ब्याक’ नारा लगाइरहेका थिए।

विरोध प्रदर्शनका क्रममा धेरै सञ्चारकर्मीहरू घाइते भएको बीबीसी हिन्दीन्युजले समाचारमा उल्लेख गरेको छ। केही व्यक्तिको सहयोगमा धेरै सञ्चारकर्मीहरूलाई भीडबाट बाहिर निकालिएको थियो। -बीबीसी हिन्दी