काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

प्रगति नाथसँग सात सवाल

२८ भाद्र २०८२
तस्बिर सौजन्य : इलिट जोशी।
अ+
अ-

२०७६ सालमा भलिबल प्रशिक्षणका लागि रुकुम पुगेका प्रशिक्षक कुमार राईले एक प्रतिभा पहिचान गरे– प्रगति नाथ। न्यु डायमन्ड क्लबकी पूर्वकप्तान तथा सहायक प्रशिक्षक ललिता नाथकी बहिनी (काकाकी छोरी) प्रगति बाल्यकालदेखि नै पढाइ र भलिबल दुवैलाई सँगै अगाडि बढाउँदै आएकी छन्। प्रगति न्यु डायमन्ड स्पोर्ट्स क्लबबाट नियमित रूपमा खेल्दै आएकी सेटर हुन्, जसले राष्ट्रिय टोलीसम्म आफ्नो पहुँच बनाइसकेकी छन्। उनै प्रगतिसँग नेपालन्युजले गरेका सात प्रश्नः

तपाईंलाई सबैभन्दा बढी मन परेको किताब कुन हो?

महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य मुनामदन

किताब पढ्ने समय?

बिहान ५ देखि ७ बजेसम्म। तर, म बेलुका ८–९ बजेसम्म पढ्छु। पढ्दै सुत्दा राम्रो निद्रा लाग्छ।

यात्रामा सधैँ बोक्ने कुनै किताब?

विशेष किताब छैन। विद्यार्थी भएका कारण कोर्स बुक झोलामा हुन्छ।

सबैभन्दा मन परेको पात्र?

हृदयचन्द्रसिंह प्रधानद्वारा रचित एक चिहान उपन्यासको नानीथकुँ सबैभन्दा मनपर्ने पात्र हो।

किताब पढ्नु र नपढ्नुको फरक के हो?

किताब ज्ञानको स्रोत मात्र होइन– सोच्ने तरिका, दृष्टिकोण र मस्तिष्कलाई तीक्ष्ण बनाउने माध्यम पनि हो। हामीले किताब पढ्ने बानी नै बसाल्दैनौं भने ज्ञानको यो अपार भण्डारबाट वञ्चित हुन पुग्छौं।

तपाईंले कति किताब संकलन गर्नुभएको छ?

ठ्याक्कै यति नै भन्ने छैन। कोर्स बुक बढी छन्।

किताब लेख्नु भयो भने कस्तो लेख्न चाहनु हुन्छ?

आफ्नो जीवनयात्राबारे लेख्छु।