काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२९ भाद्र २०८२
अ+
अ-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य सुमना श्रेष्ठले पार्टी छाडेको घोषणा गरेकी छन्। उनले फेसबुकमा स्टेटस लेख्दै पार्टी छाडेको घोषणा गरेकी हुन्।

उनले भनेकी छन्, ‘अब खुलारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला। Quit। मैले पार्टी छोडें।’

उनले पार्टी सभापति रवि लामिछानेलाई लक्षित गर्दै गल्ती कहिल्यै नस्विकारेको र गल्तीमाथि गल्ती गरिरहेको भनेकी छन्।
‘कहिल्यै गल्ती नस्विकार्ने। गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने। पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने’, सुमनाले भनेकी छन्, ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दामाथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेलादेखि नै आलोचना गर्दै आएको हुँ। तर त्यसले कत्ति पनि फरक पारेन। अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो। यो स्वीकार्य छैन।’

नख्खु कारागारले पत्र दिएर आफूलाई छाडेको दाबी गरेको लामिछानेको सर्वत्र आलोचना भएपछि शनिबार पुनः जेल फर्किएका छन्। सहकारी ठगी मुद्दामा उनी पुर्पक्षका लागि जेलमा छन्।

सुमनाले पार्टी छाडेको घोषण गर्दै कांग्रेस, एमाले लगायतका तेस्रो पुस्ताका नेताले पनि अब सोच्नुपर्ने बताएकी छिन्। ‘कांग्रेस, एमालेलगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस्। आजको दिनको परिस्थिति आउन तपाईंहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको व्यवहारले हो। त्यो किन बोकेर बस्नुहुन्छ? अहिले सही समय आएको छ। आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस्। कि हटाउनुहोस्, कि हट्नुहोस्।’