काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन्। तोकिएकै समयमा निर्वाचन गराउने विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक बोलाएका हुन्।
विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल तथा सरकारसँगको छलफल आज दिउँसो ४ बजे सुरु हुने राष्ट्रपति कार्यालयले जनाएको छ।