काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

५ कार्तिक २०८२
तस्बिर : केपी ओलीको सचिवालय
अ+
अ-

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालले आफूमाथि गम्भीर दुस्मनी साँधेको आरोप लगाएका छन्।

जेनजी आन्दोलनअन्तर्गत भदौ २४ गतेको आगजनीबाट क्षति पुगेको बालकोटस्थित आफ्नो निवासको बुधबार अवलोकनपछि उनले दु:ख परेकामाथि गृहमन्त्रीको गम्भीर दुस्मनी देखिएको जिकिर गरे।

जेन-जी आन्दोलनकारीबाट आफैंमाथि दबाब बढाएर केहीलाई पक्राउ गर्न सरकार उद्दत रहेको ओलीको आरोप छ ।

ओलीले आगजनी भइसकेको विषय अब सम्झेर बस्न नचाहेको बताए । उनले यसबाट अब आफू अगाडि बढ्ने प्रतिक्रिया दिए। ओलीले आन्दोलनका क्रममा जो जसको घर जलेको छ सबैप्रति आफ्नो सहानुभूति रहेको पनि बताए ।

आफूहरुले आफ्नो निवासको जग्गासहित घर राज्यलाई दिइसकेको अवस्थामा राज्यको सम्पत्ति जलेको ओलीको भनाइ छ।

पत्नी राधिका शाक्य र एमालेका कार्यकर्ताहरुसँगै बालकोट पुगेका ओलीले घरभित्रका कोठामा पुगेर अवलोकन गरे। शाक्य भने असोज ४ गते पनि खण्डहर बनेको घर हेर्न पुगेकी थिइन्। अहिले ओलीदम्पती भक्तपुरकै गुन्डुमा भाडाको घरमा बसिरहेका छन्।

यो पनि…

जलेको घरमा ओली पुगेपछिका ११ तस्बिर