बेइजिङ। चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार बेइजिङमा रूसी प्रधान मन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गरी बहु पक्षिय सहयोग र विकास रणनीतिको समन्वयका लागि आह्वान गरेका छन्।
राष्ट्रपति सीले यस वर्षको सुरुदेखि नै चीन र रूसले उच्च–स्तर र उच्च–गुणस्तरको विकास लक्ष्यहरूको साथ शान्तिको लागि बाह्य वातावरणलाई दृढतापूर्वक आत्मसाथ गरेको बताए। उनले अब्बल द्विपक्षीय सम्बन्ध सुदृढ पादै अगाडि बढाउनु दुवै पक्षको लागि रणनीतिक योजना भएको बताए।
यस वर्ष रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटका क्रममा द्विपक्षीय सम्बन्धका लागि नयाँ खाका तयार भएको उल्लेख गर्दै सीले दुई देशले घनिष्ठ समन्वय कायम गरी समझदारीलाई कार्यान्वयन गर्न र दुई देश र जनताको हितलाई ध्यानमा राख्दै सहयोग विस्तार गर्ने काम गर्नुपर्ने बताए।