काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१ मंसिर २०८२
अ+
अ-

काठमाडौं। साताको दोस्रो कारोबार दिन आज (सोमबार) सेयर बजारमा हरियाली देखिए पनि नेप्से ९.७८ अंकले मात्र बढ्यो। ०.३८ प्रतिशतले बढेको नेप्से २२५०.३६ विन्दुमा रोकिएको छ।

आज ३३५ कम्पनीको ६१ हजार ६३५ पटकको कारोबारमा ८८ लाख ९३ हजार ७७८ कित्ता सेयर किनबेच भए। जसमा आज तीन अर्ब ९४ करोड ६० लाख ७४ हजार ३५८ रुपैयाँबराबरको कारोबार भयो।

आजको कारोबारमा निर्जीवन बिमा समूह र अन्य समूहको सूचक मात्र घटे। बाँकी ११ समूहका सूचक हरियाली देखिए।

आज बन्दिपुर केबलकार एन्ड टुरिजम लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो। यसैगरी भूगोल इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयरमूल्यमा ९.९९ प्रतिशतले घट्यो।

सहास ऊर्जा लिमिटेडको आज सबैभन्दा धेरै १८ करोड ३६ हजार ९४१ रुपैयाँबराबरको कारोबार भएको छ। जसको अन्तिम सेयरमूल्य प्रतिकित्ता ६७९ रुपैयाँ कायम रह्यो।