२३ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय समकक्षीसँग भेट गरेका छन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै खनालले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग नयाँदिल्लीमा द्विपक्षीय भेटवार्ता गरेका हुन्।

औपचारिक भ्रमणका लागि भारतमा रहेका परराष्ट्रमन्त्री खनालसँगको भेटवार्ताबारे भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत जनाएका छन्। उनले नेपाली प्रतिनिधिमण्डललाई भारतमा स्वागत गर्दै बैठकमा राखिएको आफ्नो प्रारम्भिक मन्तव्य पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

यो पनि…

भारतीय राष्ट्रिय सल्लाहकार डोभालसँग परराष्ट्रमन्त्रीको भेट

जयशंकरकै औपचारिक निमन्त्रणामा खनाल तीनदिने भ्रमणका लागि शुक्रबार नयाँदिल्ली प्रस्थान गरेका हुन्।

बैठकमा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।