सेयरबजार
१३.९५ अंकले घटेको नेप्सेमा सवा पाँच अर्बको कारोबार
काठमाडौँ। साताको तेस्रो कारोबार दिन आज (बुधबार) नेप्से दोहोरो अंकले घटेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: १३.९५ अंकले घटेर बन्द भयो। नेप्सेको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
नेप्से मंगलबार ७.२५ अंकले बढेको थियो भने सोमबार ४१.७० अंकले बढेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.५१ प्रतिशतले घट्दै नेप्से २७१२.५४ विन्दुमा रोकिएको छ।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि २.१० अंकले घटेर ४७०.३१ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.४४ प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स ०.४१ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३६ प्रतिशतले घट्यो।
सेयरबजारमा बुधबार ३४६ कम्पनीको ५६ हजार ९४ पटकको कारोबारमा एक करोड १३ लाख ६२ हजार ४६५ कित्ता सेयर किनबेच भए। जसअनुसार बुधबार पाँच अर्ब १८ करोड ७४ लाख ६७ हजार ७३ रुपैयाँको कारोबार भयो। नेप्सेमा मंगलबार ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ रुपैयाँको कारोबार भएको थियो। यसैगरी सोमबार भने पाँच अर्ब ५१ करोड २६ लाख ८८ हजार ९७९ रुपैयाँको कारोबार भएको थियो।
नेप्सेमा आज ७७ कम्पनीका सेयरमूल्य बढे। १९३ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा सात कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज (बुधबार) १३ समूहको कारोबार भएकामा फाइनान्स र उत्पादन तथा प्रशोधन समूहको सूचक बढ्दा बाँकी ११ समूहका सूचक ओरालो लागे।
जसअनुसार नेप्सेमा बुधबार वाणिज्य बैंक ०.२७ र विकास बैंक समूहको सूचक ०.२४ प्रतिशतले घट्यो भने फाइनान्स समूहको सूचक ०.४९ प्रतिशतले बढ्यो।
यस्तै होटेल तथा पर्यटन ०.३१‚ जलविद्युत् ०.५७‚ लगानी ०.५० र जीवन बिमा समूहको सूचक ०.६५ प्रतिशतले ओरालो लागे।

उत्पादन तथा प्रशोधन समूहको सूचक ०.४५ प्रतिशतले बढ्दा लघुवित्त ०.४२‚ म्युचुअल फन्ड ०.०७‚ निर्जीवन बिमा १.२६‚अन्य ०.९८ र व्यापार समूहको उपसूचक २.६० प्रतिशतले घटे।
नेप्सेमा मंगलबार एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतले आम्दानी गरे। यस्तै एनसीसी डिबेन्चर-२०८६ का लगानीकर्ताले भने ७.१६ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा आज रिडी पावर कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। बुधबार यसको ४२ करोड ३० लाख ८० हजार ३१ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज रिडी नै अगाडि रह्यो। बुधबार यसको ११ लाख सात हजार ४४७ कित्ता सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३८६ रुपैयाँ कायम रह्यो।