काठमाडौं। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अध्यक्ष माधव नेपालले भ्रष्टाचारको मुद्दा लाग्दा पनि पार्टी नेतृत्व नछाडेको बताएका छन्।
बुधवार पत्रकार सम्मेलन गर्दै महासचिव भुसालले पार्टीहरूले राम्रो काम नगर्दाको परिणाम पछिल्लो जेनजी आन्दोलन भएको भन्दै उक्त आन्दोलनका कारण पार्टी र नेताहरूले घुँडा टेकेको र संविधान थिलथिलो भएको बताएका हुन्।
अध्यक्ष माधवकुमार नेपालले अहिले एकीकृत समाजवादीलाई नेकपा माओवादीमा लगेर मिसाउन खोज्नुमा पनि स्वार्थबाहेक केही नरहेको भुसालको आरोप छ । ‘ओरालो लाग्दै गरेकाहरूको एकताले उकालो लागिन्छ भन्ने भाष्यले निकास दिँदैन यो गलत छ’, भुसालले भने– ‘निशन्देह नेकपा एमाले वाम आन्दोलनका लागि कसैको विकल्प होइन ।’
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित नौ दलबिच पार्टी एकता हुँदैछ तर एकीकृत समाजवादीका भुसालसहितको समूह उक्त एकतामा नजाने निर्णयमा पुगेको छ ।