काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१९ मंसिर २०८२
अ+
अ-

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव नियुक्त भएका छन्।

प्रदेश प्रमुख सुरेन्द्र लाभकनले सरकार बनाउन आज ५ बजेसम्मका लागि समय सीमा दिएपछि सात दलको तर्फबाट यादवले ७७ जना प्रदेश सभा सदस्यको हस्ताक्षर सहित दाबी पेश गरेका थिए।

दाबी पेश गरेपछि प्रदेश प्रमुखले आजै उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन्। मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै यादवले प्रदेशको सुशासन संघीयताको समीकरण र स्वास्थ्य शिक्षालाई सुधार गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्।

उनले सात दलको सहमतिमा मन्त्रीमण्डल विस्तार गरिने र भोलिसम्ममा शपथ लिने जानकारी दिएका छन्। उनले नेकपा एमाले नेतृत्वको सरकारले धेरै व्यथिति र विकृति ल्याएको कारणले त्यसलाई चिरेर जनतालाई आशा र भरोसाको केन्द्र बनाउने बताए।

उनले संघीयता मधेशको लागि आवश्यक रहेको र त्यो भाष्यलाई आफूले निर्माण गर्ने बताए । प्रदेश गरिब प्रदेशको रुपमा रहेको कारणले गरिबी उन्मुलन र जनतालाई आकांक्षालाई पूरा गर्ने आफ्नो दायित्व समेत रहेको जिकिर गरे। आफ्नो नेतृत्वको पुरै कार्यकाल पूरा गर्ने समेत बताएका छन्।