काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

साताका ७ सवाल

२१ भाद्र २०८२
तस्बिरहरू : अस्मिता अधिकारीको फेसबुक
अ+
अ-

तिम्रो मायाले बाँधेर राख, साली मन पर्‍यो, टाढा भए पनि, लज्जावती झारजस्ता चर्चित गीतकी गायिका अस्मिता अधिकारीको अधिकांश समय देश/विदेश भ्रमणमा बित्छ। अहिलेसम्म जापान, कुवेत, कतार, दक्षिण कोरिया, सिंगापुर, हङकङ, अस्ट्रेलिया पुगिसकेकी उनी हाल अमेरिकामा कन्सर्टमा व्यस्त छिन्। फुर्सदमा हाइकिङ/ट्रेकिङ जान मन पराउने अस्मितासँग नेपालन्युजले गरेको यात्राविशेषका सात सवाल :

१. सबैभन्दा मन परेको ठाउँ?

पुर्ख्यौली ठाउँ पाँचथरको आङसराङ।

२. चाहेर पनि पुग्न नपाएको ठाउँ?

अन्नपूर्ण आधार शिविर।

३. विदेश पुग्दा सबैभन्दा सुन्दर लागेको देश?

जापान।

४. जल, जमिन, हवाई, पैदल कुन यात्रा बढी रोमाञ्चक लाग्छ?

हवाईजहाजको लामो यात्रा।

५. विदेशमा फुर्सदमा कस्तो ठाउँमा समय बिताउन मन पर्छ?

समुद्र। सपिङ मल पनि हो।

६. आनन्द दिने तर ग्लानि लाग्ने कुरा?

जंक फुड र महँगो सपिङ।

७. धेरै गुनगुनाउने आफ्नै गीत?

तिम्रो मायाले बाँधेर राख