काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

१ मंसिर २०८२
तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) आजबाट सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको एनपीएलको उद्घाटन गरिन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भव्य कार्यक्रमबीच प्रधानमन्त्री कार्कीले प्रतियोगिताको उद्घाटन गरेकी हुन्। उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलगायतको उपस्थिति थियो।

उद्घाटन समारोहमा त्रिवि मैदानमा हेलिकोप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो। आजको उद्घाटन खेलमा काठमान्डु गोर्खाजले टस जितेर साबिक विजेता जनकपुर बोल्ट्सविरुद्ध फिल्डिङ गरिरहेको छ।

क्यानको आयोजनामा सुरु भएको प्रतियोगिता यही मंसिर २७ गतेसम्म चल्नेछ। प्रतियोगितामा आठ टोली सहभागी छन्।